चितवन – चितवनको भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिने भएको । राष्ट्रिय भुमि आयोग चितवनले भोलि (बुधबार) बिहान उनीहरुलाई लालपूर्जा दिने भएको हो ।
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर २ का भूमिहिनहरुको रातो पुर्जा (लालपूर्जा) मा आज हस्ताक्षर गरि प्रक्रिया पुरा गरेसगैँ आफ्नै जग्गा पाउने भएका हुन् ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै उपस्थित भएर लालपूर्जा वितरण गर्ने कार्यक्रम आयोग चितवनका अध्यक्ष तिमिल्सीनाले जानकारी दिए ।
नेपालमा नै पहिलो पटक सेटलाईट प्रविधिबाट जग्गाको नापजाँच पुरा गरि भरतपुर २ आँपटारी स्थित देवकोटा चोकमा भव्य कार्यक्रम गरि लालपूर्जा वितरण गर्न लागिएको उनले बताए । ‘भूमि आयोगले निस्सा वितरण गरेको ३५ दिन र आयोगका टिम आएको ६३ दिनमा नै लालपूर्जा दिदै छौँ म खुसी छु, उनले भने, अझ भनौँ महानगर प्रमुख रेनु दाहालले चुनावी बाचा अनुसार लालपूर्जा दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले पाउँदै हुनुहुन्छ ।’
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९, माडीमा पाँच हजार ४५६ र कालिकामा पाँच हजार ५५९ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।