उवासंघ चितवनको पूर्व कार्ययोजना गोष्ठी तथा अभिमुखिकरण सम्पन्न

एटुजेड समाचार

चितवन – उद्योग वाणिज्य संघ चितवनको पूर्व कार्ययोजना गोष्ठी एवम कर शिक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

दुई बर्षको अन्तरालमा हुने नेतृत्व परिवर्तन पश्चात दुई बर्षे कार्यकालको लागि योजना तर्जुमा गर्ने सम्बन्धमा वस्तुगत संघहरुसँग संघले पूर्व कार्ययोजना तर्जूमा गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीमा संघमा आवद्ध ३६ वस्तुगत संघहरुको रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले वस्तुगत संघबाट प्राप्त सुझावहरुलाई मध्येनजर गर्दै आगामी २ वर्षका लागि योजना तर्जुमा गरिने बताए । उनले वस्तुगत संघहरुले आफ्ना सदस्यहरुको माग र आवश्यकतालाई मध्येनजर गर्दै कार्यक्रम चयनका लागि आग्रह समेत गरे ।

कार्यक्रमहरु संघको गुणस्तर नीतिसँग मेल खाने हुनुपर्ने बताउँदै प्राप्त सुझावहरुलाई लिपिबद्ध गरि योजनामा राखिने अध्यक्ष श्रेष्ठको भनाइ थियो । संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले योजना छनौट गर्दा त्यसको उपयोगीतामा ध्यान दिनुपर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष कल्याण जोशीले वस्तुगत संघले उद्योग वाणिज्य संघसँगको समन्वयमा मिल्ने कार्यक्रम मात्र छनौट गर्न गरे

गोष्ठीमा आफ्रनो मन्तब्य राख्दै संघका उपाध्यक्ष एवम वस्तुगत संघ समन्वय समितिका संयोजक शिरिष पन्तले यस वर्ष संघको कार्ययोजनामा प्राथमिकताको आधारमा सबै वस्तुगत संघका कार्यक्रमलाई समेटिने बताए । कार्यक्रममा सबै वस्तुगत संघका तीन-तीन जना प्रतिनिधि सहभागी थिए । कार्यक्रमलाई संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजीकरण गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु