भरतपुरस्थित नारायणी पब्लिक स्कुलमा दन्त्त शिविर सम्पन्न

एटुजेड समाचार

भरतपुर – भरतपुर ११ स्थित नारायणी ई. पब्लिक स्कुलमा दन्त्त शिविर सम्पन्न भएको छ । स्कुलको आयोजना तथा कलेज अफ मेडिकल साईन्स भरतपुरको सहकार्यमा सोमबार दन्त शिविर भएको हो ।

शिविरमा कक्षा एक देखी कक्षा नौ सम्मका करिब सात सय विद्यार्थीहरुको निःशुल्क दन्त्त परिक्षण गरिएको थियो । यस्तै परिक्षणको क्रममा दातमा समस्या देखिएका विद्यार्थीहरुलाई विशेष छुटका साथ उपचार स्कुलले जानकारी दिएको छ ।

विद्यालयमै आएर विद्यार्थीहरुको सेवा गर्न पाउँदा खुसी लागेको कलेज अफ मेडिकल साईन्स भरतपुरका सिजियर म्यानेजर दुर्गा प्रसाद न्यौपानेले बताए । दन्त्त शिविरले विद्यार्थीहरुलाई निकै फइदा पुगेको र यस्तै प्रकारका विभिन्न शिविर आगामी दिनमा पनि गरिने कार्यक्रमका संयोजक दिवाकर पौड्यालले बताए । कार्यक्रम विद्यालयको प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु