स्थानीय तह चुनावका लागि मतपत्र छपाइ सुरू

एटुजेड समाचार

काठमाडौं – निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइ सुरू गरेको छ।

०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताए।

राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन्। आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने बताएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु