चितवन – कालिका नगरपालिकामा वाईसीएल नेपाल कालिका नगर कमिटी गठन भएको छ । खोलेसिमलमा सम्पन्न कार्यक्रममा ईश्वर भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।
सम्मलेनले कमिटीको उपाध्यक्षमा रमेश तामाङ, दिवश सुनार र नारायण श्रेष्ठ चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा धुर्व पाण्डे, सचिवमा हरी कृष्ण श्रेष्ठ, सहसचिवमा भागवत लामिछाने, कृष्ण प्रसाद खनाल, प्रमोद ढकाल, मुना भारती, अम्बिका नगरकोटी, सुदिप खनाल र शिव राम कुमाल चयन भएका छन् ।


कार्यक्रममा वाईसीएल नगर इन्चार्ज नवराज धताल, वाईसीएल जिल्ला इन्चार्ज साजन अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दिपसिखको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सदस्य रामधोज डल्लाकोटी, प्रदेस सदस्य दिवस पाण्डे, चितवन जिल्ला इन्चार्ज साजन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।