सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ रहेका छन् ।
बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।



मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ ।