चितवन – बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस चितवनले निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आज (आइतबार) बसेको कांग्रेस चितवनको बैठकले निर्वाचन निर्वाचन परिचालन र प्रचारप्रसार समिती गठन गरेको हो ।



बैठकले कांग्रेस चितवनका सभापति राजेश्वर खनालको संयोजकत्वमा पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति र उपसभापति राजीव न्यौपानेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिती गठन गरेको हो । दुबै समितिलाई केही दिन भित्रै पूर्णता दिईने कांग्रेस चितवनले जानकारी दिएको छ ।