चितवन – पेपर तथा प्लाष्टिकका प्याकेजिङ र प्रिन्टिङका नवीनतम प्रविधि भित्राउन चितवनमा दोस्रो नेपाल फाईभ पी अन्तराष्ट्रिय प्रर्दशनी भईरहेको छ ।
चितवन प्रर्दशनी केन्द्रमा चैत्र १७ गतेदेखि जारी प्रर्दशनी चैत्र २० गतेसम्म चल्नेछ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रिन्टिङ् तथा प्याकेजिङ् कम्पनीहरुका स्टलहरु रहेका छन् ।


नेपाल ‘फाईभ पी’ प्रर्दशनीमा यस सम्बन्धी विधाका सम्पुर्ण व्यापारी,व्यवसायीलाई एकै ठाउंमा एकिकृत गरी व्यवसायीक साझेदारी,नविनतम प्रविधि प्रर्दशन तथा ज्ञान साटासाट हुने विश्वास छ । यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ्ग मेशिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्ग, कन्टेनर, बिबकक, ईण्डक्सन मोल्डिङ्ग मेशिन, प्रिन्टिङ्ग मेशिन, टेप, प्लाष्टिक हिटर,अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ्ग स्पेर पार्टस, पेपर मेशिनरी, पेपर कप मेसिनरी स्टलहरु रहेका छन ।
यस्तै प्रर्दशनीमा सबै खालका कागज र स्पेयर पार्टस्, सिलाई मेशिनरी उत्पादकहरु, प्याकेजिङ्ग मेशिनरी, ¥याप फिल्मउत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्यथुप्रै उत्पादकहरुको सहभागिता रहेको छ । प्लास्टिक, पेपर, प्रिन्टिङ्ग, प्याकेजिङ्ग र प्रोसेसिङ्गसंग सम्बन्धि ख्याती प्राप्त ब्राण्डका मेशिनहरु द्वारा प्रत्यक्ष प्रर्दशन पनि गराईएको समेत आयोजक मिडिया स्पेस सोलुसन्स प्रालिले जानकारी दिएको छ ।
यस प्रर्दशनीले नेपालमा हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ्का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै थलोमा उभ्याउदै बितरक र खरिदकर्ता बीचको सिधा सम्पर्क गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।