भरतपुर महानगर त विकासको मोडल नै भयो : प्रचण्ड

एटुजेड समाचार

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गरेका छन् । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौं स्थानीय तहमा कामै नभएको जिकीर गरे । अध्यक्ष दाहालले प्रदेश र संघमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैं समस्या आउने गरेको बताए ।

उनले भने, ‘देशभरी,जहाँ स्थानीय तहको निर्वाचन हुँदैछ । अस्तिमात्रै हाम्रो एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरु हेर्दा पाँचवटा श्रेष्ठ काम भएकोमध्ये ३ वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भयो । अरु तेत्रो सयौं छन्, त्यहाँचाही राम्रो काम भएन भन्ने रिपोर्ट आयो । भरतपुर महानगरपालिकामा सुशासन, विकास र समृद्धिको एउटा नयाँ मोडल छ भन्ने रिपोर्ट आयो । सबैतिर त्यस्तो भएन । तर प्रदेश र संघमा माओवादीको नेतृत्व नहुँदा एउटा अन्तरविरोध, कन्ट्रोभर्सी जहिले पनि भएको छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु