चितवनमा गुडिरहेको कारमा आगलागी

एटुजेड समाचार

चितवन – चितवनमा गुडिरहेको कारमा आगलागी भएका छ । रत्ननगर नगरपलिका १३ जयमंगलामा गुडिरहेको बा १७ च ७८९३ नम्बरको कारमा आगलागी भएको हो ।

आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानविय क्षति भने हुन पाएन ।

बकुलहरचोकबाट जयमंगलातर्फ जाँदै गरेको कारमा आज बिहान ११:२० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ११:४५ बजे आगो नियन्त्रणमा लिईएको थियो । कारको ब्याट्री सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

 

सांकेतिक तस्बिर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू