चितवन – चितवनमा सञ्चालित बिभिन्न ८ वटा कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका २ स्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, भरतपुर महानगरपालिका ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म, भरतपुर २३ स्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्म, भरतपुर १६ स्थित एजे पोल्ट्री फार्म र भरतपुर २३ स्थित अविशेक रामदामको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।



यस्तै खैरहनी १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म, खैरहनी नगरपालिका र स्थित राजाराम पण्डितको कुखुरा फार्ममा पनि बर्डफ्लू देखिएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले जानकारी दिएको छ ।
बर्डफ्लू पुष्टि भएका मध्ये खैरहनी २ तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, भरतपुर ८ स्थित कमर्सियल लेयर्स फार्म र भरतपुर २३ स्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा रहेक कुखुरा फार्मको कुखुरा नष्ट गर्ने निर्णय भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ति फार्ममा चार हजार पाँच सय भन्दा बढी कुखुरा नष्ट गरिनेछ । अन्य फार्मको पशु सेवा बिभागले अनुगमन गरेर परिधि तयार गरेपछि मात्रै नष्ट गरिनेछ । बर्डफ्लू नियन्त्रण गर्न आवश्यक जनशक्ति र स्रोत साधन परिचालन गरी रोग फैलिन नदिन सो क्षेत्रको सात किलोमिटर भित्र निगरानी जारी राखिने समेत उनले बताए ।