चितवनमा एक सातादेखि निरन्तर घट्दै सक्रिय संक्रमितको संख्या

चितवन– चितवनमा सक्रिय संक्रमितको संख्या निरन्तर घट्दै गएको छ । एक हप्ता अघि १ हजार ६०० बढी सक्रिय संक्रमित रहेको जिल्लामा आज ५९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५५७ जना होम आइसोलेसनमा रहेका छन् भने २२ जना अस्पतालमा उपचाररत छन् ।
आज चितवनमा थप १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३०५ जनाको कोरोना परिक्षण गर्दा ९ जनाको पिसिआर र १ जनाको एन्टिजेनबाट कुल १० जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार ४७४ पुगेको छ ।
यता, आज जिल्लाभर ४४ जना कोरोना मुक्त भएका छन् । यस सँगै कोरोनामुक्त हुनेको ३२ हजार ४४८ पुगेको छ ।
तपाइँको प्रतिक्रिया