म्यानमारमा प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त
याङ्गुन- म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट ‘प्राविधिक विफलता’ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
मन्डालयनजिकैको टाडा–यु एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०ः४३ बजे सम्पर्क विच्छेद गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ ।
पाइलटको खोजी र उद्धार कार्य भइरहेको जनाइएको छ । जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेको थियो । गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।
सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक रहेको थियो । यस विमानमा रहेका सबै १२२ व्यक्तिको मृत्यु भएको थियो ।
यस दुर्घटनाको कारण अधिकारीहरूले खराब मौसमलाई दिएका थिए ।
तपाइँको प्रतिक्रिया