दुबई यात्राका लागि ६ घण्टा भित्रको पीसीआरको रिपोर्ट देखाउनुपर्ने बाध्यताको अन्त्य

एटुजेड समाचार

काठमाडौं – अब दुबई जाने नेपाली यात्रुहरुलाई ६ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

 नेपाल वायुसेवा निगमले एक सुचना जारी गर्दै अबदेखि काठमाडौँ–दुबई यात्रा गर्ने यात्रुले उडानको ४८ घण्टा भित्रको पीसीआर टेस्ट नेगेटिभ रिपोर्ट देखाएर यात्रा गर्न सक्ने जानकारी दिएको हो।

यसअघि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआर टेस्ट गर्नुपर्ने थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु