चितवनमा ४६१ नमुना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि
चितवन– चितवनमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा ४६१ जनाको कोरोना परिक्षण गर्दा १५ जनाको पिसिआर र २ जनाको एन्टिजेन मार्फत संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।
त्यस्तै आज जिल्लाभर ६१३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५९१ जना होम आइसोलेसनमा रहेका छन् भने २२ जना अस्पतालमा उपचाररत छन् ।
यता, आज जिल्लाभर १९३ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या ३२ हजार ४०४ पुगेको छ ।
तपाइँको प्रतिक्रिया