डा. भट्टराई भन्छ्न् : एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन
काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारबाट हट्नु पर्ने बताउनु भएको छ ।
सत्ता साझेदार दलका नेतासमेत रहनुभएका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताउनु भएको हो । उहाँले लेख्नु भएको छ, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन ।
सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच विमती भइरहेका बेला डाक्टर भट्टराईको यो अभिव्यक्ति आएको हो । नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पास नगर्ने अडानमा छन् ।
MCCको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन!सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!
तपाइँको प्रतिक्रिया