चितवनमा बिहानैबाट बन्दको सामान्य प्रभाव (फोटोफिचर)
चितवन– अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा ६ राजनीतिक दलले आह्वान गरेको बन्दको चितवनमा सामान्य प्रभाव परेको छ ।
बन्दका कारण आज (बुधबार) बिहानैबाट लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । बजारहरु बन्द छन् भने मालवाहक सवारी पनि कमै मात्रामा चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बन्दलाई मध्यनजर गर्दै बिहान ३ बजेबाट नै चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म तोडफेडका घटना नभएको तथा बन्दकर्ता पक्राउ नपरेको प्रहरीले जानकारी दिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।
तपाइँको प्रतिक्रिया