तातोपानी गाउँपालिकामा स्वास्थ्य बीमा कार्ड वितरण

एटुजेड समाचार

खलङ्गा- जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिएको छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाले यहाँका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरेको हो ।

यसका लागि वडा नं ३ बाट स्वास्थ्य बीमा कार्ड वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए ।

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत वडा नं ३ बाट बीमा कार्ड वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष न्यौपानेले भने, ‘अब सबै वडाका विपन्न नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण गर्न लागि परेका छौँ ।’ सो वडाका ५० जनालाई गाउँपालिकामा बोलाएर बीमा कार्ड वितरण गरिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

सोही वडाका बीमा अभिकर्ता रेवती रावलका अनुसार वडा नं ३ मा १० जना अति विपन्नलाई स्वास्थ्य बीमा गर्दा लाग्ने तीन हजार ५०० को दरले र अन्यलाई दुई हजारका दरले बीमा गरिएको छ । स्वास्थ्य बीमा गरेपछि यहाँका विपन्न नागरिक खुसी भएका छन् ।

गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत १० लाख बजेट विनियोजन गरिएको छ । सोहीअन्तर्गत सबै वडाका विपन्न नागरिकको बीमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।

रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु