महालक्ष्मी लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै
काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सोमबार एक कार्यक्रमका बीच उक्त सम्झौतामा महालक्ष्मी लाइफका सीईओ रमेशकुमार भट्टराई र क्यापिटलको तर्फबाट सीईओ भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पुँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम साठी करोड बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारण (कर्मचारी समेतलाई) जारी गर्न लागेको हो ।
२०७५ माघ १ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त कम्पनीले ६३ वटा शाखा तथा उपशाखा मार्फत सेवा प्रखान गर्दै आएको छ । तीन वर्षको अवधिमा १३ वटा बीमा योजनाहरु सञ्चालनमा ल्याइसकेको सीईओ भट्टराईले बताए । कम्पनीले ३०१ करोडको बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
तपाइँको प्रतिक्रिया