एमाले संसदीय दलको बैठक सुरू, प्रधानन्यायाधीशको महाअभियोग बारे निर्णय हुने
काठमाडौं – नेकपा (एमाले) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरू भएको छ ।
सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको हो। महाअभियोगको कसरी समाना गर्ने भन्नेबारे एमालेले दलको बैठकबाट निर्णय लिने छ।
यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले सचिवालयको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो। महासचिव पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने बताएका थिए।
सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ। यद्यपी प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले आजको संसदीय दलको बैठकले निर्णय भएको छ।
यसैबीच नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने तयारी गरेको छ।
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएसँगै त्यसलाई काउन्टर दिन उनीहरूमाथि महाअभियोग लगाउने तयारी गरेको एक सचिवालय सदस्यले बताए।
तपाइँको प्रतिक्रिया