नर्भिक हस्पिटललाई टेस्टट्यूब बेबी सेवा सञ्चालन गर्ने अनुमति
काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्टट्यूब बेबी (आइभिएफ) सञ्चालन गर्ने अनुमति पाएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि आइभिएफ संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्था अनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो।
जनस्वास्थ्य सेवा नियमावली बमोजिम टेस्टट्यूब बेबी (आइभिएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो। मन्त्रालयले माघ २५ गतेको सचिवस्तरिय निर्णय गर्दै नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको हो।
तपाइँको प्रतिक्रिया