चितवनमा प्रेम दिवसको पूर्व सन्ध्यामा कण्डम वितरण
चितवन – प्रेम दिवसको पूर्व सन्ध्यामा चितवनमा कण्डम वितरण गरिएको छ । अन्तराष्ट्रिय कण्डम दिवसको अवसर र प्रेम दिवसको पूर्व सन्ध्यामा आज (आइतबार) कण्डम वितरण गरिएको हो ।
एड्स हेल्थकेयर फाउण्डेशनले आज सचेतनामूलक कार्यक्रम गरेको थियो । कण्डमको प्रयोग र एचआईभी एड्स जस्ता यौनरोग बारे सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष कृष्णहरि सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार आज भरतपुरको रिङ्गरोड क्षेत्रमा अटो र्याली गरिएको हो । सचेतनामूलक सन्देशसहित गरिएको अटोर्यालीकै क्रममा एक हजार पाँच सय भन्दा बढी कण्डम वितरण गरिएको उनले बताए ।
कण्डमको प्रयोगले यौनरोगबाट बच्न सकिने भन्दै उनले सचेतना फैलाउनका लागि कण्डम वितरण गरिएको बताए । “आज अन्तराष्ट्रिय कण्डम दिवस हो । भोलि प्रेम दिवस पनि मनाइँदैछ । यि दुबै दिवसको अवसर पारेर कण्डम वितरण गरिएको हो, उनले भने, ‘हाम्रो मुख्य उद्धेश्य भनेको कण्डमको प्रयोग र यौनरोग बारे सचेतना फैलाउनु हो ।”
यस्तै आज नै एक सय ६० जनामा एचआईभी परीक्षण गरिएको थियो । परीक्षणमा एक जनामा एचआईभी संक्रमण पुष्टि भएको सापकोटाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया