चितवन – चितवनमा १२ देखि १७ वर्ष उमेर समूहका ५६ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाएको छन् । २८ गते शुक्रबारसम्म ५६ हजार सात सय ८१ विद्यार्थीले कोरोनाविरुद्ध मोडेर्ना खोप लगाएका हुन् ।
चितवन विद्यालयहरुमा २३ गतेदेखि खोप अभियान सुरु भएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार पाँच सय ८५ विद्यार्थीले खोप लगाएका छन् ।


खैरहनी नगरपालिकामा पाँच सय ३५, माडीमा तीन हजार एक सय १४, रत्ननगरमा आठ हजार सात सय १६, राप्तीमा चार हजार नौं सय २७, कालिकामा तीन हजार ६ सय ५२ तथा इच्छाकामना गाउँपालिकामा दुई हजार दुई सय ५२ विद्यार्थीले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।