एमालेले कारबाही गरेका १४ जना सांसदको मुद्दाको पेसी तोकियो

एटुजेड समाचार

काठमाडौं – नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदहरूको मुद्दाको पेसी तोकिएको छ ।

आफूहरूले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गनु पर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको हो । एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो ।

उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै मुद्दा परेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको छुट्टाछुट्टै मुद्दा एकसाथ पेसीमा चढेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु