सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भइरहेको छ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भएको बताएका छन् ।
अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विवादका कारण सत्ता गठबन्धन संकटमा परेको बेला प्रचण्डले सो धारणा राखेका हुन् ।
२७औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘पराजित प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन । त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय नै छन् ।’
उनले संविधान, लोकतन्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति पाँचदलीय गठबन्धन बनेको बताउँदै त्यसमा दृढ रहन अपिलसमेत गरे ।
तपाइँको प्रतिक्रिया