एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको प्रस्ताव प्रचण्ड माधवद्धारा अस्वीकार

एटुजेड समाचार

काठमाडौं – सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक बिना कुनै निष्कर्ष सकिएको छ ।

एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए ।

तर, नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेका थिए । एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु