चारदेशीय सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

एटुजेड समाचार

काठमाडौं – चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । आज (शनिबार) यूएईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १६७ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए। नेपालले सुरुवात भने राम्रो गरेको थियो । ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरेका थिए । मल्ल २२ रन बनाएर आउट भए ।

लोकेश बमले अन्तिम ओभरमा दुई छाक्का प्रहार गरे पनि हार टार्न सकेनन् । उनी ३३ रनमा आउट भए । युएईका लागि रोहन मुस्तफा र कासिफ दौडले २–२ विकेट लिए ।

यसअघि खेलमा टस हारेर पहिले पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो । यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए ।

नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । यसअघि पहिलो सिरिजमा नेपालले शुक्रबार ओमानलाई पराजित गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु