यस्ता रोगबाट बच्न मेथीको साग लाभदायी
चितवन- जाडो मौसम भनेको हरियो सागसब्जीको मौसम हो । यस सिजनमा प्राय घरमा मेथीको साग सहजै मिल्छ। । जाडोमा पाइने मेथीको सागमा प्रोटिन, आइरन, फाइबर र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । आइरनको मात्रा पुरा गरेर हाम्रो शरिरलाई एनिमिया (शरिरमा रगतको कमि हुनु) बाट बचाउन सकिन्छ ।
यसको साथै यसमा पाइने पोटासियमले हाम्रो शरिरमा सोडियमको मात्रा कम गर्छ । जसकारण उच्च रक्तचापको जोखिम कम गर्छ र मुटुको रोग लाग्नबाट बचाउँछ । यदि पहिले देखि नै उच्च रक्तचाप र मुटुको रोग लागेको छ भने पनि मेथीको सागको प्रयोगले कन्ट्रोल गर्छ ।
मेथीको सागमा प्रचुर मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ । हाम्रो शरिरमा भएको नराम्रो कोलस्ट्रोलको मात्रा घटाएर राम्रो कोलस्ट्रोलको मात्रा बढाउछ । त्यसैले मेथीको साग नियमित सेवन गर्नु राम्रो हुन्छ ।
मेथी पेटसँग जोडिएको धेरै समस्यामा धेरै फाइदाजनक साबित हुन सक्छ । जस्तै कब्जियत, झडापखला, एसिडिटी र पेटको दुखाईमा राहत मिल्छ । यसको साथै यसमा एन्टी– इम्फ्लामेन्ट्री गुण पाइन्छ । जसकारण शरिरमा हुने आन्तरिक दुखाई कम गर्छ । मेथीमा भिटामिन–सी प्रशस्त मात्रामा हुन्छ । जसकारण पेटको एलर्जीको कम गर्न सहयोग गर्छ ।
मधुमेहको रोगीहरुको लागि खानेकुरा धेरै बार्नुपर्ने हुन्छ । विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । खानेकुरा मिलेन भने रगतमा चिनीको मात्रा बढ्छ यस्तोमा मधुमेहको रोगीले मेथीको साग खानु लाभदायक हुन्छ । यसमा एन्टी डायबिटिक गुण हुन्छ ।
जसले ब्लडमा सुगरको स्तर नियन्त्रण गर्छ । यसले टाइप–२ मधुमेह हुने सम्भावना पनि कम गर्छ । मधुमेह रोगीले मेथीको सेवन गरेमा, सुगरको लेभल नियन्त्रणमा आउँछ ।
हातखुट्टाको दुखाईमा मेथीको साग एक राम्रो उपाय हुन्छ । यो रोग भएकालाई विशेष लाभदायक हुन्छ । यदि तपाईलाई खुट्टा दुख्ने, खुट्टा सुन्निने समस्या छ भने मेथीको साग सेवन गर्नुहोस् । यसले दुखाईको साथसाथै सुजनलाई पनि निको पार्छ ।
यसको सेवनले शरिरमा गर्मी हुने भएकोले पाइल्सको समस्या भएकोले भने कम खानुपर्छ । जाडोको कारण चिसो लाग्दा यसको सेवन पनि फाइदा पु¥याउँछ । मेथीको साग नभएको खण्डमा यसको दानाको प्रयोग गर्दा पनि राम्रो हुन्छ ।
तपाइँको प्रतिक्रिया