मोडेल तथा रचनाकार बिमल अधिकारीको नयाँ गीत ‘पानैको चौका’ सार्वजनिक (भिडियोसहित)

चितवन- चर्चित मोडेल तथा रचनाकार बिमल अधिकारीको नयाँ गीत ‘पानैको चौका’ सार्वजनिक भएको छ। गायक अलिफ खान र गायिका शान्ति श्री परियारको आवाज रहेको उक्त गीत भावना म्युजिक सोलुसनको अफिसियल युट्युब च्यानल मार्फत आज (शुक्रबार) सार्वजनिक गरिएको हो।
उक्त गीतको लय, शब्द र सङ्गीत मोडेल अधिकारीको रहेको रोमान्टिक गीतको भिडियो पनि उत्तिकै रोमान्टिक बनेको छ। भिडियोमा मोडेल अधिकारी र प्रियंका भण्डारीले दमदार प्रस्तुति दिएका छन्। मोडेल तथा निर्देशक सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त भिडियोको छायांकन कारण चैसिरले गरेका छन्। आज बिहान सार्वजनिक गरिएको उक्त गीत युट्युबमा हालसम्म २६ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन्।
तपाइँको प्रतिक्रिया