सांग्रिला बैंकको थप एक शाखा विस्तार, देशभर कुल शाखा संख्या १०७ पुग्यो

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले सल्यानको सल्ली बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सल्ली बजारमा शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला बैंकको कुल शाखा संख्या १०७ पुगेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा प्राप्त हुने बैंकले विश्वास लिएको छ ।
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको बैंकले बनाएको छ ।
तपाइँको प्रतिक्रिया