घर-घरमा दीप प्रज्ज्वलन गरेर प्रेस सेन्टरको स्थापना दिवस मनाईँदै

चितवन – प्रेस सेन्टरको स्थापना दिवस घर-घरमा दीप प्रज्ज्वलन गरेर मनाईने भएको छ । प्रेस सेन्टर चितवन शाखाले माघ १५ गते भोलि घर-घरमा दीप प्रज्ज्वलन गरेर स्थापन दिवस मनाउन भएको हो ।
प्रेस सेन्टर जिल्ला समन्वय समिति चितवनका सचिव रवि अधिकारीले नयाँ भेरियन्ट ओमिक्रोनका कारण पत्रकारहरु समेत संक्रमित भएकोले स्वस्थ्य सुरक्षा अपनाउँदै घर-घरमा दीप प्रज्ज्वलन गरेर दिवस मनाउन लागिएको जानकारी दिए ।
उनले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारहरुलाई सुरक्षित भएर आफ्नो कार्य सम्पादन गर्न र समस्या परेमा प्रेस सेन्टरको कार्यलयमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
२०६१ माघ १५ मा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको नाममा गठन भएको क्रान्तिकारी पत्रकारहरुको संस्था अहिले प्रेस सेन्टर नेपालको रुपमा क्रियाशील छ ।
तपाइँको प्रतिक्रिया