ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सीसीएमसीसीको सिफारिस

काठमाडौं – ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिफारिस गरेको छ ।
सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया