नेपालमा आज थप ६ हजार ८२७ जनामा कोरोना पुष्टि, १० को मृत्यु

चितवन – पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ। यस्तै एकै दिन १० जनाको मृत्यु भएको छ। नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन्।
तपाइँको प्रतिक्रिया