चितवनमा संक्रमित र मृत्यु हुने पुरुषको संख्या बढी
चितवन– चितवनमा कोरोना संक्रमितको संख्या ३१ हजार ९७५ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार हालसम्म जिल्लाभर १६ हजार ९८७ जना पुरुष र १४ हजार ९७४ जना पुरुषमा संक्रमण भएको छ । तथ्यांक अनुसार संक्रमित हुने मध्ये सबैभन्दा धेरै पुरुष रहेका छन् ।
जिल्लाभर रहेका कुल संक्रमित मध्ये पनि सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमा भरतपुरका १२ हजार ४७ जना पुरुष र १० हजार ८९३ जना महिला रहेका छन् ।
त्यस्तै हालसम्म चितवनमा कोरोना संक्रमणबाट ४३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५५ महिला र २८४ जना पुरुष रहेका छन् । तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेमा पनि पुरुषको संख्या बढी रहेको छ ।
चितवनमा आज थप २११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४६१ जनाको कोरोना परिक्षण गर्दा १३७ जनाको पिसिआर र ७४ जनाको एन्टिजेन गरी थप २११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी आज जिल्लाभर ४ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ५३ जना होम आइसोलेसनमा छन् भने, ४१ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता, आज कोरोना ५९ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २७ हजार ४४२ पुगेको छ ।
तपाइँको प्रतिक्रिया