सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे
काठमाडौं- सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो । माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
कम्पनीले यसअघिका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै उक्त पदमा पाण्डेलाई नियुक्त गरेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया