कोरोना अपडेट: चितवनमा आज संक्रमितको संख्या हालसम्मकै उच्च

एटुजेड समाचार

चितवन– कोरोना भाइरसको तेस्रो भेरियन्ट सुरु भएसँगै चितवनमा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । आज चितवनमा ५८३ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १ हजार २७१ जनाको कोरोना परिक्षण गर्दा पिसिआरबाट ३४६ र एन्टिजेनबाट २३७ गरी ५८३ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर कोरोना संक्रमितको संख्या ३ हजार ८२२ पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार तेस्रो भेरियन्ट सुरु भएसँगै आज चितवनमा संक्रमितको संख्या उच्च देखिएको हो । उनी भन्छन्, ‘शनिबार जिल्लाका सबै प्रयोगशालामा कोरोना परिक्षण हुँदैन । शनिबार परिक्षण गर्न नपाएकाहरुले आइतबार परिक्षण गर्न आउँदा आज धेरै जनामा संक्रमण पुष्टि भएको हो ।’

त्यस्तै आज जिल्लाभर ३ हजार ३९० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना अस्पतालमा उपचाररत छन् ।

यता, आज चितवनमा ८१ जना संक्रमणमुक्त भएका छन् । यस संगै जिल्लाभर हालसम्म २६ हजार ९९४ जना कोरोनामुक्त भएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू