चितवन जिल्ला लिग : सेमिफाइनलका दुबै खेल आज

एटुजेड समाचार

चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा आज (सोमबार) सेमिफाइनलका दुबै खेल हुँदैछ ।

पहिलो सेमिफाइनल खेल समूह ‘ए’ को बिजेता केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र समूह ‘बी’ को उपबिजेता तथा लिगको साबिक उपबिजेता रामपुर फुटबल क्लब रड्सबीच हुनेछ । अहिलेसम्म लिगको फाइनलमा स्थान नबनाएको बिएफसी यस पटक ईतिहास रच्ने दाउनमा रहेको छ ।

हालै मात्र तेस्रो माडी गोल्डकपको च्याम्पियन बनेको बिएफसी आज उच्च मनोबलका साथ मैदान उत्रिनेछ । जारी लिगमा बलियो देखिएको बिएफसीलाई रोक्न रामपुरलाई सहज हुनेछैन ।

उता गत वर्षको उपबिजेता रामपुर यस पटक फाइनल प्रवेश गर्दै लिग बिजेता बन्ने दाउमा रहेको छ । जारी लिगमा राम्रो टिमवर्क देखाएको रामपुरले बिएफसीलाई कडा चुनौती दिने अनुमान गरिएको छ । यो खेल दिउँसो १२ बजे हुनेछ ।

दोस्रो सेमिफाइनल खेलमा आजै सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन र साबिक बिजेता सौराहा युवा समाज भिड्नेछन् । एभरेष्ट समूह ‘बी’ को बिजेता तथा सौराहा समूह ‘ए’ को उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

लिग चरणमा शशक्त प्रदर्शन गरेको एभरेष्टले सौराहालाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । एभरेष्टलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।

उता गत संस्करणको बिजेता सौराहा यसपटक पनि च्याम्पियन बन्ने दाउमा छ । जारी लिगमा अपराजित रहेको एक मात्र टोली सौराहा आज पनि त्यही लयलाई निरन्तरता दिने योजनामा छ । खेल दिउँसो २:३० बजे हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग १२ गतेसम्म चल्नेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु