काठमाडौं – नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
‘३२ नमुनाको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट देखिएको छ,’ उनले भने, ‘अहिले ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको पाइएको छ । ’
कोरोना संक्रमण देखिए पछि सात दिन आइसोलेसनमा बस्न समेत उनको सुझाब छ । नेपालमा हालसम्म ५५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।