चितवन – केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) माडी गोल्डकपको च्याम्पियन बनेको छ । आज (शनिबार) भएको फाइनलमा काठमाडौं ११ लाई पराजित गर्दै बिएफसी च्याम्पियन बनेको हो ।
१० खेलाडीमा सीमित बिएफसीलाई च्याम्पियन बनाउन दुबै गोल अब्दुल्लाले गरे । उनले खेलको पहिलो र दोस्रो हाफमा एक-एक गोल गरे । उनी नै खेलको म्यान अफ दि म्याच चुनिए ।



बिएफसी पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो । पहिलो हाफमा लीलाबहादुर तामाङले दोहोरो पहेँलो कार्ड पाएका थिए । काठमाडौं त्यसको फाइदा उठाउन सकेन ।
उपाधिसँगै बिएफसीले दुई लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको काठमाडौंले १ लाख २५ रुपैयाँ प्राप्त गरेको छ ।
यो उपाधिसँगै बिएफसीले काठमाडौंसँग गत संस्करणको हारको बदला पनि लिएको छ । गत संस्करणको फाइनलमा बिएफसीलाई १-० ले पराजित गर्दै काठमाडौंले उपाधि जितेको थियो ।