चितवन– वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चितवनको शक्तिखोर औधोगिक क्षेत्रको अवलोकन गरेका छन् । जिल्लाको कालिका नगरपालिका स्थित रहेको उक्त क्षेत्रमा आज (शनिवार) मुख्यमन्त्री सहितको टोलीले अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा औद्योगिक क्षेत्रका संयोजक एवम् संघका पुर्व अध्यक्ष्य दुवाडीले हालसम्मको वस्तुस्थिति बताउँदै छिटै नै यसको बाँकी काम अगाडी बढाउने वातावरण मिलाउन मुख्यमन्त्री समक्ष अनुरोध समेत गरेका थिए।



कार्यक्रममा मुख्यमन्त्री लगायत वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री घनश्याम दाहाल, चितवनका प्रमुख जिल्ला अधिकार आसमान तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी, वाग्मति प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्त, सदस्य प्रल्हाद दामिछाने, राजु नेपाल, कालिका नगरपालिकाका प्रमुख नारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।