छ महिनामा एभरेष्ट बैंकको नाफा १२.७८ प्रतिशतले घट्यो

एटुजेड समाचार

काठमाडौं –  एभरेष्ट बैङ्कको नाफामा गिरावट आएको छ । ६ महिनाको अवधिमा बैङ्कको नाफा १२ दशमलव ७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ लाख ७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ अर्ब ८९ करोड ७ लाख ९ हजार रुपैयाँ रहेको बैङ्कको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा आई पुग्दा २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ४६ करोड ७३ लाख ४० हजार चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा ८ अर्ब ३० करोड ४९ लाख ३१ हजार रुपैयाँ मौज्जाद छ । बैङ्कको खराब कर्जा ० दशमलव १९ प्रतिशतबाट बढेर ० दशमलव २६ प्रतिशत पुगेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू