काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा.गोविन्द केसीसँग छलफल गरेका छन् ।
मन्त्री पौडेलले डा.केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने बताए । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा.केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए ।


