वैदेशिक रोजगार बोर्डमा पनि अत्यावश्यक बाहेक अन्य सेवा बन्द

एटुजेड समाचार

काठमाडौं – वैदेशिक रोजगार बोर्डले अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै यस बोर्डका सचिवालयमा कार्यरत विभिन्न शाखाका कर्मचारीहरुलाई पनि कोभिडको संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बोर्डले जिल्ला प्रशाासन कार्यालयको आदेश अनुसार सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अत्यावश्यक (शव ढुवानी) बाहेकका यस बोर्डबाट प्रदान गर्दै आएको सेवा सुविधाहरु अर्को सुचना प्रकाशित नहुञ्जेलसम्म माघ ९ गते देखि लागु हुने गरी सबै सेवा स्थगित गरेको जनाएको छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु