नबिल बैंकको नाफा ८.२० प्रतिशतले बढ्यो

एटुजेड समाचार

काठमाडौं– चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिसम्ममा नबिल बैंक लिमिटेडले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब १ करोड ६० लाख २३ हजार कमाएको थियो । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष खुद नाफा ८ दशमलव २० प्रतिशत बढेको देखिएको हो ।

यस अवधिसम्म बैकको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ पुगेकोे छ । यो नाफा गत वर्ष यस अवधिसम्म १ अर्ब ८४ करोड २९ लाख ६१ हजार थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु