फ्रन्ट लाइनमा काम गर्नेले हप्तामा दुई पटक एन्टीजेन परिक्षण गर्नुपर्ने

एटुजेड समाचार

काठमाडौं- बैङ्क तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले अब हरेक साता दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।  काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले हिजो (बिहीबार) बसेको बैठकले उपत्यकामा अग्रपङ्क्ति( फ्रन्ट लाइन)मा रहेर नियमित सेवा दिने सबै व्यवसायी एवं कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले हिजो (बिहीबार) जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टीजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने भनिएको छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू