चितवन – भरतपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने अर्का एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका ४ लंकुमा गए राति १० बजे बागमती प्रदेश ०३-००४ प ७३२२ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी स्कुटर चालक भरतपुर १६ का ३५ वर्षीय दिल खत्री क्षेत्रीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको केलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा गए राति १०:३२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा परि स्कुटरको पछाडि सवार सोही स्थानमा २४ वर्षीय दिवश चापागाई घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केलेज अफ मेडिकल साइन्सेसमा उपचाररत उनको अवस्था मध्यम रहेको छ । जेम्सवोल्ड फनपार्कबाट चौबिसकोठी तर्फ आउँदै गरेको स्कुटर दुर्घटना भएको हो ।