चितवन – पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ६ काली खोलामा पहिरो खस्दा सडक दुबैतर्फी अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहान २:३० बजे कालिखोलामा माथीबाट सुख्खा पहिरो खसेको हो । पहिरोका कारण सडक दुबैतर्फी बन्द रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
नारायणगढ मुग्लिन सडकखण्ड पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुने गर्दछ ।