काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा स्वास्थ्य मापदण्ड पालना भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर यथेष्ट मात्रामा भए /नभएको अनुगमन गर्न निर्देशन गरेका छन्।
प्रधानमन्त्रीले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गरेका हुन् ।



मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर यथेष्ट मात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगित गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गरेका छन् ।