आजको राशिफल, कुन राशिका लागि कस्तो छ आजको दिन ?

चितवन- आज २०७८ माघ ६ गते अर्थात बुधवार आज तपाइँको दिन कस्तो रहनेछ। ज्यो.प. नारायणप्रसाद दुलालका १२ यी राशि हुनेहरुका लागि आजको दिन यस्तो रहनेछ। हेर्नुहोस् राशिफल:
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ, तर शेयर बजारको लगानी लाभदायक नहोला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा पनि हुनेछन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
स्वास्थ्यप्रति सजक रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । ठेक्कापट्टा तथा घर जग्गाको कारोबार सफल हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन पनि सक्नेछ, अतः सचेत रहनु होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
तपाइँको प्रतिक्रिया