अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को नयाँ कार्यसमिति गठन

चितवन – अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला सम्पन्न भएको छ । काली बहादुर स्मृति टोल बिकास सस्था गङगानगरमा सम्पन्न भेलाले सन्तबहादुर तामाङको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा कल्पना सुनार, सचिबमा अन्जना परियार, कोषाध्यक्षमा शोभा नेपाली, सह– सचिबमा भिमराज महतो चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम् माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक यम बहादुर परियार (ईन्द्रजित) ले जनताको बर्षौ देखिको चाहाना पुरा हुने दिशा तिर काम अगाडि बढेको र आफ्नो अधिकार प्राप्त गर्न सबै सुकुम्बासीहरु अखिल नेपाल सुकुम्बासी संघमा संगठित हुन आग्रह गरे ।राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले भेलालाइ सम्बोधन गर्दै भुमी यहि माघ १८ गतेबाट भुमिविहिन सुकुम्वासीहरुको पुर्जावितरणका लागि ठोस कदम चालिने बताए ।
नेकपा (माओवादी केन्द्र) भरतपुर १३ का अध्यक्ष सुदिप सुबेदीले राष्ट्रियता जनतन्त्र र जनजीबिकाको सबालमा देशकै मियो पार्टी माओबादी केन्द्र भएकाले अरु पार्टीको शब्दजालको भ्रममा नपर्न जनसमुदायलाई अपिल गरे ।सन्तबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुकुम्बासी संघका केन्द्रिय सदस्य प्रकाश बहादुर पाण्डे, अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ का इन्चार्ज चेत बहादुर तामाङ, माओवादी केन्द्र भरतपुर १३ का नेता सुरेश बास्तोला लगएतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया